Statement of Acknowledgement

We acknowledge and respect the traditional custodians on whose ancestral lands we provide dental services.

We acknowledge the deep feeling of attachment and relationship of Aboriginal and Torres Strait Islander people to Country.

We pay our respects to their Elders past and present and extend that respect to other Aboriginal and Torres Strait Islander people attending our services.

We are committed to improving the oral health outcomes of Aboriginal and Torres Strait Islander people.

Aboriginal and Torres Strait Islander people should be aware that this website may contain images, voices and names of people who have passed away.

Skip to main content

नेपाली / Nepali

dentist talking to patient

SA Dental मा स्वागत छ / Welcome to SA Dental

हामी योग्य वयस्कहरू र सबै बालबालिकाहरूलाई दक्षिण अष्ट्रेलियाभरिका क्लिनिकहरूमा दन्त सेवाहरू प्रदान गर्छौं।

बालबालिकाहरू / Children

दक्षिण अष्ट्रेलियामा बस्ने वा विद्यालय जाने 18 वर्ष मुनिका सबै शिशु, बालबालिका र युवाहरूले हाम्रो कुनै पनि क्लिनिकहरूमा देखाउन जान सक्छन्।

हामी बच्चाहरूलाई 12 महिनाको उमेरमा दाँतको जाँच गराउन सिफारिस गर्छौं।

देखाउनको लागि आजै समय लिनुहोस् (Request an appointment now)

  • बच्चाहरूको लागि कुनै प्रतीक्षा सूचीहरू छैनन्, र तपाईंले अर्को उपलब्ध अपोइन्टमेन्ट प्राप्त गर्नुहुनेछ।
  • स्कूल सुरु नगरेका सबै बच्चाहरूको लागि आफ्नो खल्तिबाट पैसा तिर्नु पर्दैन।
  • यदि तपाईंसँग हालको हेल्थकेयर कार्ड वा पेन्सन कार्ड छैन भने बच्चाहरूको लागि शुल्क लाग्न सक्छ।

वयस्कहरू / Adults

दक्षिण अष्ट्रेलियामा बस्ने र हालको हेल्थ केयर कार्ड (Health Care Card) वा पेंशनर कन्सेसन कार्ड (Pensioner Concession Card) भएका सबै वयस्कहरूले (१८ वर्ष वा सोभन्दा माथिका) हाम्रो कुनै पनि क्लिनिकहरूमा देखाउन जान सक्छन्।

कृपया देखाउन आउने हरेक पटक आफ्नो सहुलियत कार्ड ल्याउनुहोस्।

अब हाम्रो वयस्क प्रतीक्षा सूचीमा सामेल हुनुहोस्

  • यदि तपाईं नि: शुल्क सामान्य दन्त जाँच गराउँन चाहनुहुन्छ भने, वयस्क प्रतीक्षा सूचीमा अहिल्यै नाम लेखाउनुहोस्।
  • प्रतीक्षा अवधि फरक हुन सक्छ। जब तपाईंको नाम प्रतीक्षा सूचीको शीर्षमा पुग्छ, तपाईंले प्रदान गर्नुभएको ठेगानामा दन्त हेरचाह प्रदान गर्ने पत्र (अंग्रेजीमा) पठाइनेछ।
  • यदि तपाईंको ठेगाना परिवर्तन भएमा कृपया तपाईंको स्थानीय क्लिनिकलाई सूचित गर्नुहोस्।
  • तपाईंले 3 हप्ता भित्र हेरचाहको यो प्रस्ताव स्वीकार गर्नुपर्नेछ।
  • थप दन्त उपचारको लागि शुल्क लाग्न सक्छ।

आकस्मिक दन्त उपचार / Emergency Dental Care

के तपाईंको अनुहार सुन्निने, रगत बग्ने वा आघातको अनुभव गर्दै हुनुहुन्छ?

क्लिनिक खुल्ने समयमा (सोमबार देखि शुक्रबार, बिहान 8:30 बजे देखि 4:30 बजे सम्म) तपाईंको सबैभन्दा नजिकको दन्त क्लिनिकमा कृपया फोन गर्नुहोस्।

क्लिनिक खुल्ने समय पछि कृपया हेल्थडायरेक्ट (healthdirect) मा 1800 022 222 मा फोन गर्नुहोस्।

हेल्थडायरेक्टको बारे थप जानकारीको लागि SA health healthdirect हेर्नुहोस्।

दोभाषे / Interpreter

यदि तपाईं वा तपाईंको हेरचाहकर्तालाई भेटघाटको समयमा दोभाषे चाहिन्छ भने कृपया हामीलाई 1300 008 222 मा फोन गरेर अग्रिम जानकारी दिनुहोस् वा हाम्रो कर्मचारीसँग कुरा गर्नुहोस्।

हामीलाई सम्पर्क गर्नुहोस् / Contact Us

फोन: 1300 008 222 (सोमबार देखि शुक्रबार, बिहान 8:30 बजे देखि 4:30 बजे सम्म)

इमेल: HealthSADSPublic@sa.gov.au

आफ्नो नजिकको क्लिनिकमा सम्पर्क गर्न र निर्देशनहरू प्राप्त गर्न: क्लिनिक खोज्नुहोस् (Find a clinic)