चाइल्ड डेन्टल बेनेफिट्स शेड्युल (CDBS) भनेको के हो?
चाइल्ड डेन्टल बेनेफिट्स शेड्युल (CDBS) भनेको परिवारहरुलाई मेडिकेयर डिजाइन मार्फत उनीहरुका ० देखि १७ बर्ष उमेरका बालबालिकाहरुको लागि दन्त स्याहारमा पहुँच गराउनमा सहयोग गर्न प्रदान गरिने कमनवेल्थ लगानीको एक पहल हो।
एस ए डेन्टल (SA Dental) मा तपाईंले चाइल्ड डेन्टल बेनेफिट्स शेड्युल (CDBS) उपयोग गर्न सक्नुहुन्छ, र हामीले मेडिकेयर बल्क बिल गर्छौं ताकि चाइल्ड डेन्टल बेनेफिट्स शेड्युल (CDBS) अधिकतम लाभमा पुगेपछि अतिरिक्त शुल्क लगाईदैन।
कसले प्राप्त गर्न सक्छन्?
चाइल्ड डेन्टल बेनेफिट्स शेड्युल (CDBS) को लागि तपाईंले निवेदन दिन वा दर्ता गर्न आवश्यक पर्दैन। यदि तपाईंको बालबालिका योग्य भएमा सर्भिस अष्ट्रेलिया (Service Australia) ले तपाईंलाई पत्र पठाउनेछ।
तपाईंको अप्वाइन्टमेन्ट (Appointment) अघि हाम्रो कर्मचारीले तपाईंसङ्ग सोधपुछ पनि गर्नेछ।
तलका सबै लागू भएमा बालबालिकाले यस योजनामा (Scheme) पहुँच गर्न सक्छ:
- उनीहरु मेडिकेयरका लागि योग्य छन्
- त्यस क्यालेन्डर बर्षमा कम्तिमा एक दिनको लागि उनीहरु ० देखि १७ बर्ष बिचका छन्
- र त्यस क्यालेन्डर बर्षमा कम्तिमा एक दिनको लागि उनीहरु सर्भिस अष्ट्रेलियाबाट उपयुक्त भुक्तानी (जस्तै Family Tax Benefit A) पाउँछन्।
के समावेश छ?
चाइल्ड डेन्टल बेनेफिट्स शेड्युल (CDBS) बाट तपाईंको बालबालिकाले दुई क्यालेण्डर बर्षहरुमा $१,०९५ बराबरसम्मका आधारभूत दन्त सेवाहरु प्राप्त गर्न सक्छ।
चाइल्ड डेन्टल बेनेफिट्स शेड्युल (CDBS) द्धारा समेटिएका आधारभूत दन्त सेवाहरुमा निम्न समावेश छन्:
- परिक्षण (Check-ups)
- एक्स-रे (X-rays)
- सफाइ (Cleaning)
- फिसर सिलिङ्ग (Fissure sealing)
- भराइ (Fillings)
- रुट कनाल्स (Root canals)
- निकाल्ने वा फुकाल्ने (Extractions)।
मैले यसलाई कसरी पहुँच गर्ने?
तपाईंको बालबालिकाको लागि दन्त अप्वाइन्टमेन्ट मिलाउँदा चाइल्ड डेन्टल बेनेफिट्स शेड्युल (CDBS) बारे सोध्नुहोस्।
तपाईंको बालबालिकाले चाइल्ड डेन्टल बेनेफिट्स शेड्युल (CDBS) उपयोग गर्न मिल्छ कि मिल्दैन र उपयोग गर्न सकिने रकम अझै कति बाँकि छ भनी तपाईंको दन्त विशेषज्ञ (Dentist) ले जाँच गर्न सक्नुहुन्छ।
SA Dental Clinics मा पनि तपाईंले यो स्किम उपयोग गर्न सक्नुहुन्छ।
तपाईंले बालबालिकाको लागि अप्वाइन्टमेन्ट अनुरोध यहाँ गर्नुहोस्।