आज
- रक्तस्राव नियन्त्रण गर्न तपाईंको मुखमा गज प्याक (कपास) राखिएको छ। कम्तिमा आधा घण्टाको लागि सो ठाँउमा गजलाई थिच्ने गरी राख्नुहोस्।
- २४ घण्टासम्म मुख कु ल्ला नगर्नुहोस् किनकि यसले रगत जम्नमा समस्या हुन सक्छ।
- धूम्रपान नगर्नुहोस् र २४ घण्टासम्म रक्सी नपि उनुहोस्।
- एक घण्टापछि , तपाईं आफ्नो मुखको अर्को छे उबाट खान र पि उन सक्नुहुन्छ, तर धेरै तातो वा धेरै चिसो होइन।
- आफ्नो मुख भित्र खाना वा पेयलाई वरिपरि नघुमाउनुस्, किनकि यसले रगत जम्नमा बाधा पुर् याउन सक्छ।
- आफ्नो ओठ लाटो भएको बेलामा ओठ नटोक्नका लागि होशियार हुनुहोस्।
भोलिदेखि, एक गिलास तातो पानीमा आधा चम्चा नुन घोल्नुहोस्। घाउलाई भिजाउने गरी छोटो समयसम्म सो नुनपानी मुखमा राख्नुहोस् । खाना खाएपछि र राति सुत्नुअघि कम्तीमा पाँच दिनसम्म नुनपानीले बिस्तारै कुल्ला गर्नुहोस्।
रक्तस्राव
- पहि लो १२ - २४ घण्टामा अलि कति रगत आउनु सामान्य हुन्छ।
- यदि रक्तस्राव धेरै वा लगातार भइरहेको छ भने , आफ्नो मुखलाई चिसो पान ीले बि स्तारै कु ल्ला गर्नुहोस्, त्यसपछि रगत बग्ने ठाउँमा सफा गज प्याक राख्नुहोस् वा १० सेन्टिमि टर वर्गको सफा सामग्री पट्याएर राख्नुहोस्। टि स्यु वा कपासको ऊन प्रयोग नगर्नुहोस्।
- ३० मिने टको लागि प्याकलाई थिचेर टोक्नुहोस्।
- आफ्नो टाउकोलाई अलिकति माथि राखेर आराम गर्नुहोस्।
- यदि रगत बगिरहन्छ वा गम्भीर छ भने तपाईं जानु भएको दन्त चिकित्सा क्लिनिकमा सम्पर्क गर्नुहोस् वा यदि क्लिनिक खुला छैन भने एडिलेड डेन्टल अस्पताल ओरल र म्याक्सिलोफेसियल सर्जरी युनिटलाई 8222 8220 नम्बरमा फोन गर्नुहोस्।
- घन्टपौँ छि पनि गम्भीर रक्तस्रावको लागि हेल्थडा इरेक्ट अष्ट् रेलि या (healthdirect Australia) लाई थप हेरचा ह वि कल्पहरूको बारे सल्लाह लिन को लागि 1800 022 222 मा फोन गर्नुहोस्।
पीडाबाट राहत
- तपाईंले आगामी के ही दिन हरूमा पीडा अनुभव गर्न सक्नुहुन्छ।
- यदि आवश्यक भएमा प्यारासिटामोल र/वा इबुप्रोफेन (अर्थात्, Nurofen) वा यस्तै दुखाइ कम गर्ने दबाइ लिनुहोस्। प्याकेटका निर्देशनहरू पालना गर्नुहोस्। कृपया ध्यान दिनुहोस्: यदि तपाईंलाई यी औषधिहरूको एलर्जी छ, दम, रिफ्लक्स वा ग्यास्ट्रिक अल्सर छ भने आइबुप्रोफेन वा एस्पिरिन नलिनुहोस्।
- दुखाइ कम गर्न थप सल्लाहको लागि, तपाईंले गएको दन्त चिकित्सालयमा वा आफ्नो स्थानीय डाक्टरलाई सम्पर्क गर्नुहोस्।
शल्यकृया गरेर दाँत नि कालेपछिको लागि अति रिक्त जानकारी
- सुन्निनु सामान्य हो र शल्यक् रिया पछि लगभग ३६ - ४८ घण्टा सम्म यो बढी सुन्निन सक्छ।
- ४-५ दिन पछि सुन्निएको कम हुन था ल्छ।
- यदि आवश्यक छ भने , घरमा सुन्निएको कम गर्न मद्दतका लागि आफ्नो गालामा २० मिने टको लागि आइस प्याक राख्नुहोस्। पहि लो २४ - ४८ घण्टामा १० मिने टको लागि हटाउनुहोस् त्यसपछि आवश्यकताअनुसार दोहोर् याउनुहोस् ।
- सुन्निएको कम हुँदा के ही धर्सा देखिन सक्छ।
- तपाईंले आफ्नो मुख खोल्न कठिना इको अनुभव गर्न सक्नुहुन्छ। यो सामान्य हो र सुन्निएको कम भएपछि सजि लो हुन्छ।
- आफ्नो खाना तरल प jदार्थ र नरम खाने कु राहरूमा सीमि त गर्नुहोस्।
- बिस्तारै अर्को हप्तादेखि आफ्नो सामान्य आहारमा खानुहोस्।
- सकेसम्म चाँडो सामान्य रूपमा दाँत माझ्न सुरु गर्नुहोस्।